दमक, ११ असोज–प्रदेश १ मा हालसम्मकै उच्च संख्या १ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार मोरंगमा १ सय ६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा समेत हालसम्मकै उच्च संख्यामा १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। जसमा ५१ महिला र ७९ जना पुरुष रहेका छन्।
मोरंगको कटहरी गाँउपालिकामा ८ महिला ९ पुरुष, बुढीगंगा गाँउपालिकामा ३ महिला ११ पुरुष, जहदा र धनपालथान गाँउपालिकामा समान २ पुरुष, सुन्दरहरैचा नगरपालिका र स्थानीय तह नखुलेका समान १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
त्यसैगरि, सुनसरीको दुहवी नगरपालिकामा १ महिला ४ पुरुष, धरान र इटहरी उपमहानगरपालिकामा समान १ पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोड नगरपालिकामा १ महिला, अर्जुनधारा र दमक नगरपालिकामा समान १ पुरुषको समेत पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
पहाडी क्षेत्रतर्फ भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेह्रथुमको लालीगुराँस नगरपालिकामा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यससंगै प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ ।
प्रदेशमा आइतबार ३६ जना सक्रमित निको भएर डिस्चार्ज भएकाछन्। ईलामस्थित इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, मोरङको रतुवामाई नगरपालिकाको झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रबाट १२, विराटनगरको न्युरो अस्पतालबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका हुन्। प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय २५ पुगेको छ।
