गौरादह, १६ असोज–झापाको गौरादह नगरपालिका १ की ६५ वर्षीया वृद्धा हत्याको आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । मनमाया भण्डारीको हत्याको आरोपमा उनकै पति भीम भण्डारीलाई पक्राउ गरेको हो।

विहीवार बेलुका पक्राउ गरिएका भीम भण्डारीलाई शुक्रवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

मनमायाको असोज १२ गते दिउँसो साढे ४ बजेतिर गौरादह–१ स्थित आफ्नै घरमा विभत्स हत्या भएको थियो ।

दुबै हात बाँधेर खाटमुनि लुकाइएको अवस्थामा मनमायाको शब फेला परेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्ट, घटनाको प्रकृति, परिस्थिति, छरछिमेकी लगायतको विश्लेषणको आधारमा मृतक मनमाया भण्डारी र उनका पति ६४ वर्षीय भीम भण्डारी सँगै रहेको अवस्थामा घटना भएको प्रवक्ता थापाले अनुसन्धानबाट खुलेको जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *