काठमाडौं, १७ असोज–नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।
केन्द्रीय समितिको बैठक अघि कांग्रेसले गरेको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो।
‘मलाई कोरोना पुष्टि भएको छ,’ थापाले भने, ‘मलाई कुनै लक्षण देखिएको छैन। स्वास्थ्य सामान्य छ।’
