एजेन्सी, १८ असोज–इण्डियन्स प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले कोलकोता नाइटराइडर्सलाई १८ रनले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै २१० मात्रै बनाउन सक्यो। कोलकोताका लागि नितिश रानाले सर्बाधिक ५८ रन बनाए भने इयोन मोर्गनले ४४ रन बनाए ।
त्यस्तै, सुभमन गीलले २८ रन बनाए । दिल्लीका बलर एनरीच नोर्त्जेले ३ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो। दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ८८ रन बनाएका थिए।
त्यस्तै, पृथ्वी शाले ४१ बलमा ६६ रन बनाएर आउट भए भने शिखर धवनले २६ र रिषव पन्तले १७ बलमा ३८ रन बनाएर आउट भए। कोलकोताका बलर आन्द्रे रसेलले २ विकेट लिए भने वरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए। शनिबार नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पारजित गरेको थियो। आइपिएलमा आज दुई खेल हुने छ।
आज पहिलो खेल मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच हुने छ भने दोस्रो खेल किंग्स इलेभेन पञ्जाब र चेन्नई सुपरकिंग्स भिडने छन्।
