एजेन्सी, १८ असोज–जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित नकालको छ । शनिबार भएको खेलमा डर्टमण्डले एससी फ्रिवर्गलाई ४–० गोल अन्तरले हराएको हो ।
डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा टिमलाई जित दिलाउन इर्लिङ हालान्डले दुई गोल गरे । त्यस्तै इम्रे कन र फेलिक्स पास्लेकले समान एक–एक गोल गरे ।
खेलको ३१ औँ मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको डर्टमण्डले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको थियो ।
४७ मिनेटमा कनले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे । ६६ औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए । खेलको इन्ज्यूरी समाय फेलिक्सले गोल गर्दै डर्टमण्डलाई ४–० गोलको जित दिलाए ।
जितसँगै डर्टमण्डले तीन खेलबाट ६ अंक जोडेको छ । पराजित प्रिवर्गको तीन खेलबाट ४ अंक रहेको छ । शनिबार नै भएको अर्को खेलमा ओर्डेरले अर्मिनियालाई १–० गोल अन्तरले हराएको थियो ।
