एजेन्सी, १८ असोज–प्रिमियर लिग फुटबलमा यसै सिजन शीर्ष डिभिजनमा उक्लेको लिड्स युनाइटेडले म्यान्चेस्टर सिटीसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा लिड्सले सिटीसँग १–१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिड्सले पुनारागमन गर्दै एक–एक अंक बाँडेको हो । खेलमा सिटीले लिएको अ्रतालाई उल्टाउँदै लिड्सले बराबरी खेलेको हो ।
सिटीका लागि खेलको १७ औँ मिनेटमा रहेम स्ट्रलिङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सिटीले आफ्नो अग्रतालाई अन्तिमसम्म जोगाउन सकेन ।
लिड्का लागि खेलको ५९ मिनेटमा रोर्डिगोले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै ४ खेल खेलेको लिड्सले ७ अंकसँगै आफूलाई पाचौँ स्थानमा उभ्याएको छ । यता तीन खेल खेलेको सिटीको ४ अंक छ ।
