दमक, १८ असोज–सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाले आज दमकस्थित आफ्नो कार्यालयमा ११औं वार्षिक साधारणसभा सुरु गरेको छ । दमक-६ मा कार्यालय रहेको सहकारी संस्थाले कोरोनाको त्रासकोबीच सामाजिक तथा भौतिक दुरीसहित सहभागी शेयर सदस्यहरुलाई अनिवार्य मास्क र सेनीटाइजरको प्रयोग गर्दै ११औं साधारणसभाको उद्घाटन गरिएको हो ।

संस्थाका अध्यक्ष टीकाराज सापकोटाले ११औं साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । संस्थाका शेयर सदस्य एबम् कार्यालयका कर्जा विभाग प्रमुख इश्वर नेपालका अनुसार आज १८ गतेदेखी २३ असोजसम्म दमकका वडा स्तरीय साधारणसभा सम्पन्न गरिने भएको छ ।

आइतबार, बिहान नौ बजे दमकस्थित कार्यालयमा उद्घाटन साधारणसभामा दमक वडा नं ४ र ६ का शेयर सदस्यहरुलाई सहभागी गराइएको थियो ।

त्यस्तैं, भोली १९ गते सोमबार दमक वडा नं ७ र ८, २० गते मंगलबार वडा नं १ र २, २१ गते बुधबार ५ र ९, २३ गते शुक्रबार वडा नं ३ र २२ गते बिहिबार वडा नं १० र कमल गाउँपालिका, शिबसताक्षी नगरपालिका र गौरादह नगरपालिकाका शेयर सदस्यहरुको भेला गरिने भएको छ । यसरी हुने कार्यक्रमहरु संस्थाको कार्यालयमा हुने इश्वर नेपालले बताए ।

संस्थाका अध्यक्ष सापकोटाले महामारीबीच संस्थाले साधारणसभालाई सवै आवश्यक स्वास्थ्य सामाग्रीहरु अपनाएर गरिने र त्यहि मापदण्डमा सहभागि बन्न शेयर सदस्यहरुलाई आग्रह गरेका छन् । उनले विगतमा एकैदिन भप्य ढंङ्गमा गरिने साधारणसभालाई यस पटक ६ दिनसम्म लगातार संस्थाको कार्यालयमा हुने जानकारी गराए ।

संस्थाको बित्तिय बिवरणः
आर्थिक वर्षमा संस्थाद्धारा ११औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनमा बित्तिय कारोबारहरुलाई देखाइएको छ । संस्थाले १७ करोड ४२ लाख ९४ हजार ६ रुपैया २४ पैसा आम्दानी गरेको छ ।

संस्थामा शेयर पुजितर्फ रु ८ करोड ५५ लाख ६ हजार २०० छ भने जगेडा तथा कोषतर्फ रु ८७३१५००१,४६ रहेको छ । संस्थाले हालसम्म कर्जा लगानीतर्फ रु ११७२८५३४२५।९९, वचततर्फ रु १ अर्व १ करोड ६५ लाख ५८ हजार १ सय ८९ छ ।

त्यस्तैं, संस्थामा रु ११७७००१३८।०७ तरल अवस्थाका सम्पती र कुल सम्पतीमा रु १३७०७१००२४।५६ बराबरको छ ।

संस्थाद्धारा उपलब्ध सेवाहरुः
संस्थाले आफ्ना शेयर सदस्य एबम् ग्राहकहरुको दैनिक व्यस्त जीवनलाई सहज बनाउन प्रभु, हिमाल रेमिट लगायत हवाई यात्राका टिकट, खानेपानी, बिद्युत, टेलिकमका वील भुक्तानी गर्नलाई सेवा प्रदान गरिरहेको छ ।

यसवाहेक संस्थाले आफ्ना शेयर सदस्य र ग्राहकहरुका लागि यसैवर्षदेखी क्यु आर कोडको माध्यमबाट काउन्टर तथा बजार प्रतिनिधिहरुबाट चेक बिनै नगद भुक्तानीको व्यवस्था गरिएको संस्थाका दिपक नेपालले जानकारी दिए ।

सवै बैकमा संस्थामा रकम जम्मा गरिएको खाताबाट रकम झिक्न वा ट्रान्सफर गर्ने व्यवस्था गरेको छ । बैक खाताबाट संस्थाको खातामा सहज तरिकाले पैसा ट्रान्सफर गर्न सकिने भएको छ ।

सदस्यता संख्याः
हाल संस्थामा जम्मा ५ हजार ८ सय ७८ जना शेयर सदस्यहरु छन् । जसमा २ हजार २ सय ९६ जना महिला र ३ हजार ५ सय ९१ जना पुरुष शेयर सदस्यको संख्या छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *