एजेन्सी, १९ असोज–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियासँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । खेलमा दुवै टोलीले पहिलो हाफको सुरुवाती १० मिनेटमा दुई गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा लुका डी योङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि बार्सिलोनाका लागि फिलिपे कौटिन्होले बराबरी गोल फर्काए ।

बराबरीसँगै बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ । समान खेल खेलेको सेभियाको पनि ७ अंक छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *