धरान, १९ असोज–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान १५ का ५५ वर्षीय पुरुषको बिहान ६स्४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो ।

उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा। श्रेष्ठले जानकारी दिए । यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *