दमक, १९ असोज–झापाको दमक नगरपालिकाबाट आज लागुऔषध ब्राउनसुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक-९ की ३० वर्षीया रुपा चौधरी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । भण्डारीले ब्राउनसुगर किनबेच गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनको कोठा चेकजाँच गर्दा पलङमुनी लुकाएर राखिएको अवस्थामा ३५ ग्राम ब्राउन सुगर फेला परेको हो ।
भण्डारीले पलङमुनी छुट्टाछुट्टै पाँच वटा प्लाष्टिकको पोका बनाएर ब्राउनसुगर लुकाएर राखेको अवस्थामा फेला परेको थियो । बरामद ब्राउन सुगर प्लाष्टिकबाहेक ३५ ग्राम ९प्लाष्टिक सहित ५०।८३ ग्राम० रहेको प्रनाउ थापाले बताउनुभयो । भण्डारीको साथबाट रू ७४ हजार ६१५ समेत बरामद गरिएको छ ।
भण्डारीलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
