जीवनसिंह राजवंशी/पाराबारी (शिबसताक्षी), १९ असोज–झापाको शिबसताक्षी–३ (साविकः धरमपुर वडा नं १, २, ३ र ४) मा सयौको सङ्ख्यामा युवाहरु राप्रपा प्रबेश गरेका छन् ।
सोमबार राप्रपा शिबसताक्षी–३ को वार्ड कमिटीद्धारा आयोजित पाराबारीस्थित भोर्लिचौन चोकमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौको सङ्ख्यामा युवाहरु पार्टी प्रबेश गरेका हुन् ।
उक्त कार्यक्रममा राप्रपाका महामन्त्री एवम् प्रतिनिधिसभा सांसद माननीय राजेन्द्रप्रसाद लिङ्देनले पार्टी प्रवेश गरेका युवाहरूलाई स्वागत गरेका थिए । सो अवसरमा पार्टीका महामन्त्री एबम् सांसद लिङदेनले समाज बिकासको मेरुदण्ड युवा रहेकाले युवाहरुको गतिविधिमा सहकार्य गर्दै अघि बड्ने बताए ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष अमर बिष्ट, पार्टी जिल्ला सचिव केशव ओझा,जिल्ला सदस्यहरु,पार्टी नगर अध्यक्ष मडि खड्का, बिद्यार्थी संगठन जिल्ला सह-सचिव एवम् पार्टी वार्ड कमिटि सचिव चक्र फुयाल लगायतका नेताहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

