एजेन्सी (काठमाडौं), २० असोज–दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग ९आइपिएल०मा चौथो जित निकालेको छ। चौथो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सोमबार राति सम्पन्न आइपिएलको १९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो। जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनायो। जसमा कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।

दिल्लीका कसिगो रबाडाले ४ तथा अक्षर पटेलले २ विकेट लिए। त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो।

दिल्लीका लागि मार्किस स्टोइनिसले अविजित ५३ तथा पृथ्वी शा ४२ र ऋषभ पन्तले ३७ रन जोडे।​ बेग्लोरका मोहम्मद सिराजले २ तथा मोईन अलीले १ विकेट लिए। यसैबिच दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। मुम्बई ५ खेलमा ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ ।

बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ। प्रतियोगिता अन्तरगत मंगलबार मुम्बई इन्डियन र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *