एजेन्सी (काठमाडौं), २० असोज–भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघेको छ । भारतमा हालसम्म ६६ लाख २३ हजार ८१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ मा कोरोना संक्रमण भएको छ ।

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार ६८५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९०३ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *