काठमाडौं, २० असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख ९ हजार ३१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार ७६३ संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ३५ हजार ३४१ संक्रमितको मृत्यु भइसकेको छ ।
