दमक, २० असोज–झापाको दमकमा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधरणसभामा पत्रकार मनकुमार गदालसहित तीन जना पुरस्कृत भएका छन् । संस्थाद्धारा स्थापना गरिएको डाँफे सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार गदाल पुरस्कृत भएका हुन् ।

मंगलबार दमकमा आयोजित कार्यक्रममा डाँफे सहकारीका अध्यक्ष तुलाराम न्यौपानले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले अब बैज्ञानिक तवरबाट बचत, कर्जा प्रवाह, निक्षेप संकलन लगायतका काम गर्ने योजना बनाएको बताए । उनले डाँफे सहकारीलाई समुदायमा आधारीत, गुणस्तरीय सेवा प्रवाह, प्रतिस्पर्धी सक्षम वित्तिय संस्थाको रुपमा बिकास गर्ने बताए ।

उनले सहकारीले आगामी दिनमा बचत प्रोत्साहन ,कर्जा प्रवाहमा सरलीकरण र अधिकतम कर्जा लगानी गर्ने योजना सु्नाए । यस्तै प्रतिवेदनमा सामुहिक उद्यम लगायतका बिषयमा जोड दिइएको छ । अध्यक्ष न्यौपानेले अबको ३ बर्षमा यानकी आर्थीक बर्ष २०७८/७९ सम्ममा संस्थाको पुँजी १ अरव ४ करोड वासलात पुर्याउने दाबी गरे । सहकारीले दमकका २९ वटा सहकारीसँग मिलेर बिशिष्टीकृत सहकारी संघमा आबद्ध भई काम गरिरहेको बताइएको छ ।

सामुहिक रबर खेति गरिदै आएको छ । दमक ३ मा १२ बिघा जमिनमा रबर खेति गरिदै आएको र आगामी केही बर्षमा सो क्षेत्रलाई बनभोज स्थलको रुपमा बिकास गर्ने योजना छ ।

सहकारीले तेह्रौँ बार्षिक साधरणसभाको अवसरमा मोफसलमा रहि सहकारीको प्रर्वद्धन तथा बिकास र सदस्यहरुलाई सुसुचित गराउन योगदान पुर्याएको भन्दै गदाललाई नगद रु ५१०० सहित सम्मान गरेको हो । पत्रकार गदाल प्रेस सङ्गठन झापाका सदस्य, पत्रकार मञ्च दमकका अध्यक्ष र स्टार एफएम दमकका स्टेशन म्यानेर हुन् ।

यस्तै जेष्ठ सदस्य सम्मान कार्यक्रम अन्तर्गत कमल ६ का ८७ बर्षीय केदारनाथ पौडेल सम्मानित भए । उनलाई नगद रु २१०१ सहित सम्मान गरियो भने कर्मचारीमध्येबाट मेनुका भण्डारीलाई नगद रु ५००१सहित सम्मान गरिएको छ ।

संस्थाले सेवा केन्द्र गौरादह, धरमपुर, बुद्धशान्ति र प्रधान कार्यलय दमकमा विभिन्न चरणमा साधरणसभा सम्पन्न गरेको संस्थाका ब्यवस्थापक सुदिप खतिवडाले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *