काठमाडौं, २० असोज–पछिल्लो २४ घण्टामा थप एक हजार ५५१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन्। पछिल्लो केही दिनयता देशभर संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएको छ। अहिले देशभरका क्वारेन्टाइनमा ४ हजार २२१ संक्रमित छन्। हाल देशभर सक्रिय संक्रमित संख्या २२ हजार ७ सय ९ छ।
त्यस्तै, आजको पिसिआर संख्या ११ हजार ४७ रहेको पनि प्रवक्ता गौतमले जानकारी दिए।
