काठमाडौं, २० असोज–नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ। आज काठमाडौं उपत्यकामा मात्रै २ पुरुष सहित ५ जनाको मृत्यु भएको छ।

काठमाडौंमा ५९ र ६० वर्षीया महिला तथा ललितपुरमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, ललितपुरमै ६१ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ। यसैगरी तेह्रथुममा ३१ वर्षीय, सुनसरीमा ६४ वर्षीय पुरुष र चितवनमा ७० वर्षीय पुरुष तथा नवलपरासी पूर्वमा ७७ वर्षीया महिलाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ।

आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ। ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ।

उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको छ। आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ। संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय १७, प्रदेश नम्बर २ मा १ सय ९८, बागमती प्रदेमा ७ हजार २ सय ६८ र गण्डकी प्रदेशमा ३ सय ५९ जना रहेका छन्।

यस्तै, प्रदेश नम्बर ५ मा ६ सय ८५, कर्णाली प्रदेशमा ३ सय १ र सुदूरपश्चिम प्रदेशमा १ सय ९० जना गरी देशभरि ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय १५, प्रदेश नम्बर २ मा ५ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ६२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन्।

यस्तै, प्रदेश नम्बर ५ मा १ हजार ४ सय ४०, कर्णाली प्रदेशमा ३ सय १८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७४ जना गरी १३ हजार ५ सय ९१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। आज २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन। आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३६, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ५१, बागमती प्रदेमा २२ हजार ४ सय २५ र गण्डकी प्रदेशमा ३ हजार ८ सय ६९ जना डिस्चार्ज भएका छन्।

यस्तै, प्रदेश नम्बर ५ मा ९ हजार ८ सय ६७, कर्णाली प्रदेशमा ३ हजार २ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ गरी देशभरि ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *