काठमाडौं, २० असोज–पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनसनरत डा गोविन्द केसीको अनसनप्रति सरकार गम्भीर बन्‍न आग्रह गरेका छन् । २३ दिनदेखि अनसनरत चिकित्सक केसीको स्वास्थ्य खस्कँदै गएको बताउँदै सत्तारूढ दल नेकपाका वरिष्ठ नेतासममेत रहेका नेपालले अविलम्ब वार्ता थाल्न आग्रह गरेका हुन् ।

“केसीको स्वास्थ्य गम्भीर बन्दै गएको सुनेको छु,” उनले बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै भने, “केसीका मागप्रति सरकार गम्भीर बन्नुपर्छ । पहिला उहाँको जीवनरक्षा महत्त्वपूर्ण कुरा हो । उहाँको जीवनरक्षाका निम्ति सरकारले तत्काल वार्ताको पहल गर्नुपर्छ ।”

नेता नेपालले केसीलाई पनि अनसन तोड्न आग्रह गरेका छन् । आफ्ना विषय नछाड्ने तर केसीले पनि अनसनको विकल्प सोच्नुपर्ने नेता नेपालको आग्रह छ ।

शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्ने नेकपाको नीति नै रहेकाले केसीको मागप्रति संवेदनशील हुनुपर्ने नेता नेपालको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *