काठमाडौं, २१ असोज–नेपालबाट अझै पनि मनसुन पूर्ण रुपमा बाहिरिएको छैन । नेपालबाट मनसुन पूणर्रुपमा बाहिरिन अझै केहि दिन लाग्ने मौसमविदले बताएका छन् ।

बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश-१, प्रदेश २ र बागमति प्रदेश मा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ । प्रदेश-१ का एक-दुर्ई स्थानमा वर्षा भइरहेको छ ।

बुधबार प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश-१ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *