काठमाडौं, २१ असोज–सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित सबै खालका परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक निणर्य गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निणर्य गरेको हो ।

बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निणर्य भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी गराएका छन् ।

सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *