काठमाडौं, २१ असोज–कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको हो । जसमा ५ महिला र १० पुरुष रहेका छन् ।
मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । यो कुल संक्रमित संख्याको शून्य दशमलव ६१ प्रतिशत रहेको छ ।
