दमक, २१ असोज–झापामा आज थप स्वास्थ्यकर्मी, कैदी बन्दीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई महिने एक शिशुको मृत्यु भएको छ ।

आज बुधबार थपिनेमा स्वास्थ्यकर्मी, कैदीबन्दीसहित २४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका-४, ५, ८ र ९ नम्बर वडाका २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना पुरुष, अर्जुनधारा नगरपालिका-५ का ५३ वर्षका १ जना पुरुष, बिर्तामोड नगरपालिका-३ र ५ नम्बर वडाका २४, ४३, ५३, २३, २२, २४, ४०, ४२ र ५० वर्षका ३ जना महिला र ६ जनालाई कोरोना संक्रमण भएको बताए ।

त्यस्तै, गौरादह नगरपालिका वडा नम्बर ९ का ५३, १३ र ५६ वर्षीय १ जना महिला र २ जना पुरुष, कनकाई नगरपालिका वडा नम्बर २ का २७ वर्षीय पुरुष र कचनकवल गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय महिलालाई कोरोना संक्रमण भएको चौलागाईले बताए । उनीहरु मध्ये भद्रपुरका ३ जना कैदीबन्दी, १ जना इलाम, १ जना ओखलढुंगा र एक जना दुईमहिने बच्चा रहेका छन् । बच्चाको मृत्यु भएको छ ।

बिर्तामोडका ३ जना स्वास्थ्यकर्मी मध्ये १ जना मेचीनगर–१०, २ जना मोरङ र हल्दीबारी-२ का हुन् । उनीहरु अस्पतालका कर्मचारी हुन् । अर्का १ जना ताप्लेजुङ ठेगाना भएका १ जना कैदीबन्दी हुन् भने कनकाईका १ जना धरान अस्थायी घर भएका बैँकका कर्मचारी रहेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ । त्यसमध्ये ८३९ जना निको भएर घर फर्किएका छन् । हालसम्म झापामा ११ जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म २७ हजार ३ सय १८ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *