काठमाडौं, २१ असोज–२४ दिनदेखि सत्याग्रहमा रहेका डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेको वार्ता समिति गठन गरेका हुन् ।
शिक्षा सचिव मैनालीले भोलिबाट नै प्रारम्भिक चरणको वार्ता सुरु हुने बताए । शिक्षा सचिव मैनाली भन्छन्, ‘भोलिबाट नै वार्ता सुरु गछौँ ।’
यसैगरी डा केसी तर्फ डा जीवन क्षत्रीको संयोजकत्वमा चार सदस्य समिति गठन भएको छ । जसमा डा अञ्जनी कुमार झा, लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् ।
