बाँके, २२ असोज–बाँकेका अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित महिलाको बुधवार मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका– १५, दाङकी ३५ वर्षीया महिला र वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतकी ८२ बर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

१७ असोजमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा भर्ना गरिएकी ३५ वर्षीया महिलाको सोही दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनको मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि १८ असोज रातको ११ः४५ बजे भेरी अस्पतालमा ल्याइएको थियो । उनको बुधवार दिउँसो ३ बजे मृत्यु भएको श्रेष्ठले बताए।

त्यसैगरि, सुर्खेतकी ८२ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बुधवार बेलुकी ६ः३५ बजे मृत्यु भएको छ। ति महिलाको १३ असोजमा स्वाब संकलन गरिएको थियो । उनको १५ असोजमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। योसँगै बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ११ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *