काठमाडौं, २२ असोज–चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्‍न माग राख्दै अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज (बिहीबार) सिंहदरबारमा वार्ता भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच अहिले वार्ता भइरहेको छ । डा केसीसँग वार्ता गर्न सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

जसमा मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा सदस्य छन् । सरकारले वार्ता टोली गठन गरेसँगै डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो ।

वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, संघका पूर्वअध्यक्ष डा। अञ्‍जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

चिकित्सा शिक्षा सुधारका लागि विभिन्‍न ६ बुँदे माग राख्दै डा केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनशन सुरु गरेका हुन् । डा केसीले आमरण अनशन सुरु गरेको आज २५ दिन पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *