दमक, २२ असोज–झापामा बिहिबार दुई जना स्वास्थ्यकर्मी, पाँच जना कैदीसहित २५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ जना महिला र १८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका फोकल पर्सन जीवन चम्लागाईका अनुसार जिल्लाको भद्रपुरका दुई महिला, आठ पुरुष, मेचीनगरका चार महिला, छ पुरुष, बिर्तामोडका एक महिला र तीन पुरुष र बाह्रदशीका एक पुरुष गरेर २५ जना संक्रमित थपिएका छन् ।

भद्रपुरमा संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मी, पाँच जना कैदि, बिर्तामोडमा संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मी र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसँगै झापामा कुल कोरोना संक्रमितको संख्या एक हजार तीन पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ८ सय ४८ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १सय ४४ पुगेको छ ।आजसम्म झापामा २७ हजार ५९३ जनाको पिसिआर परीक्षण गरिएको छ भने हालसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *