काठमाडौं, २२ असोज–सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालमा संक्रमितले बेड भरिएकाले अस्पतालमा सम्पर्क गरेर मात्र भर्ना हुन आग्रह गरेको छ।
समन्वय नगरी आएमा आइसियू र भेन्टिलेटर तथा बेडको अभाव हुने अस्पतालले जनाएको छ। अस्पतालले सम्पर्कका लागि कोर्डिनेटर डा इन्द्र लिम्बूको फोन नम्बर (९८५२०६१०९२) समेत सूचनामा उल्लेख गरेको छ।
