एजेन्सी, २३ असोज–आइपिएल टी-२० क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ। विहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशादामा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११९१ रन जोडे। हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २र२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो। हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले।

बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए। पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १५ ओभरमा १ सय ६० रनको साझेदारी गरेका थिए।

जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पन्जाबको भने ६ खेलमा पाँच हार र एक जितसहित तालिकाको पुछारमा छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *