काठमाडौँ, २३ असोज–नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ भने कोरोनाबाट हालसम्म ६०० जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६ सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ भने ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा छन्।

१६८० कोरोना संक्रमित निको, १० जनाको मृत्यु

शुक्रबारनै देशभरि १६८० जना कोरोना संक्रमित निको भएका छन् भने १० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ भने मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

तथ्यांकअनुसार नेपालमा निको हुनेको प्रतिशत ७२.५३ रहेको छ। त्यस्तै संक्रमितमध्ये ०।५९ प्रतिशतले ज्यान गुमाएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *