काठमाडौं, २३ असोज–नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप नौ पुरुष र एक जना महिलाको कोरोनाबाट निधन भएको हो ।

निधन हुुनेमा सुनसरीका तीन पुरुष, झापाका दुई पुरुष, रुपन्देहीका दुई पुरुष, ललितपुरका एक पुरुष र काठमाडौंका एक पुरुष र एक महिला गरी दुई जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ ।

काठमाडौं उपत्यकामा १४ सय नौंसहित देशभर थपिए दुई हजार ५९ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४ सय नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ११ सय १६ जना, ललितपुरमा १६३ जना र भक्तपुरमा १३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका दुई हजार ५९ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४ सय नौं जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ८० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *