काठमाडौं, २३ असोज–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद हुने व्यवस्था रहेको जानकारी दिए।

उनले त्यसका लागि गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको पनि जनाए।

उनले केही संक्रमितहरू निको नभई पनि बाहिर हिँडेको जानकारी आएको भन्दै कारबाहीको कदम अघि सारिएको जनाए।

साथै, परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरू रिपोर्ट नआइन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न समेत मन्त्रालयले आग्रह गरेको छ।

मानिसहरू स्वाब दिने र रिपोर्ट नआई काममा फर्किने गर्दा त्यो बीचको समयमा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम रहेको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *