काठमाण्डौ, २३ असोज–विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ।
दी नर्वेजियन नोबेल कमिटीले शुक्रबार डब्ल्यूएफपीलाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। युद्धग्रस्त क्षेत्रको अवस्थामा सुधार ल्याउन पुर्याएको योगदान र भोकमरीलाई द्वन्द्व तथा युद्धको हतियार बन्नबाट रोक्न गरेको योगदानलाई कगर्दै कमिटीले डब्ल्यूएफपीलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो।
नोबेल शान्ति पुरस्कारसँगै यो वर्षका लागि हालसम्म ५ विधामा नोबेल पुरस्कार घोषणा भइसकेको छ।
अब आउँदो सोमबार आर्थिक विज्ञानतर्फको नोबेल पुरस्कार घोषणा हुने बताइएको छ।
