धरमपुर, २४ असोज–जनताबाट निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुबीचको सम्बन्धलाई नजिकबाट स्थापित गर्न झापाको शिबसताक्षी नगरपालिकाबाट अभियान सञ्चालन हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी–२ वडा कमिटिको आयोजनामा भोली आइतबार दिउँसो २ बजे मंगलबारे बजारमा कार्यकर्तासँग जनप्रतिनिधि भेटघाट अन्तर्गत वडामा भएका विकास निर्माण, योजना र बजेट सम्बन्धी छलफल र बहस हुने नगर कार्यालय सदस्य प्रेम याम्फू राईले बताए ।
झापा क्षेत्र नं ४ का संघीय सांसद एबम् नेकपा प्रदेश १ का सदस्य लालप्रसाद (एलपी) साँवा लिम्बू र प्रदेश सांसद एबम् प्रदेश कमिटि सदस्य झलकसिह दर्लामी मगरले निर्वाचित भएदेखी यताका क्षेत्रमा सञ्चालन हुदै आएका योजना र आगामी योजनाका बारेमा आ–आफ्नो बिचारहरु राख्ने कार्यक्रम रहेको नगर कार्यालय सदस्य याम्फूले जानकारी दिए । भोली आइतबार शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारेबाट सुरु यो कार्यक्रम नगरको अन्य वडाहरुमा क्रमशः गरिने लैजाने याम्फूले बताए ।
सो कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्यहरु लगायत पार्टी नगर अध्यक्ष, नगर कार्यलय सदस्य, सचिवालय सदस्य र वडा कमिटि सदस्यहरुको उपस्थिति हुने भएको छ । कार्यक्रम मार्फत सांसद र कार्यकर्ताहरुबीचमा रहेका कतिपय भ्रम, अन्यौलता, असहजता लगायतका विषयसँगै विकाश निर्माणका पक्षहरुमा आपसी छलफल हुने नगर कमिटि सदस्य भुवन राईले बताए ।
वडा कमिटि अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा कार्यक्रम हुने र त्यसका लागि आवश्यक सवै तयारीहरु पुरा भएको छ । अध्यक्ष नेम्बाङका अनुसार महामारीको रुपमा रहेको कोभिडको संक्रमणबाट बच्न आवश्यक सावाधानीहरु अपनाएर कार्यक्रम गरिने भएको छ । उनले यस्तो समयमा बन्द हलभित्र कार्यक्रम गर्न कठिनाई हुने भएकोले बजारको खुल्ला प्राङ्गणमा आयोजना गरिने बताए ।
बजारमा सहभागिहरुलाई बस्न कुर्सीको व्यवस्था गरिने र मस्कसहित दुरी कायम गरिने छ, अध्यक्ष नेम्बाङले भने । नेम्बाङका अनुसार कार्यक्रमलाई कुनै झकीझकाउन हुदैन ।
