दमक, २४ असोज–झापाको दमक–६ बेलडाँगी रोडमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज ११औं बार्षिक साधारणसभाको उद्घाटन गरेको छ । दमक बेलडाँगी रोडस्थित आफ्नै कार्यालय भवनमा आयोजित बार्षिक साधारणसभामा संस्थाद्धारा आर्थिक बर्ष २०७६।०७७ को बार्षिक प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०७७।०७८ को भावि लक्ष्य, योजना र कार्यक्रम सार्वजनिक गरिएको थियो ।

संस्थाका अध्यक्ष रबि न्यौपानेको अध्यक्षतामा एघारौ बार्षिक साधारणसभामा प्रतिवेदन सार्वजनिक भएसँगै सहभागि शेयर सदस्यहरुलाई सो प्रतिवेदन वितरण गरिएको थियो । आज शनिबारदेखी एक सातासम्म ११औं बार्षिक साधारणसभाका कार्यक्रमहरु गरिने अध्यक्ष न्यौपानेले सो अवसरमा बताए ।

झापाको दमकसहित गौरादह नगरपालिका, कमल गाउँपालिका र शिबसताक्षी नगरपालिकामा सेवा सञ्चालन गरिरहेको सहकारी संस्थाले आज दमक वडा नं ४, ५ र ८ का शेयर सदस्यहरुलाई आमन्त्रण गरिएको थियो ।

भोली आइतबार दमक वडा नं २, ६ र ९ का शेयर सदस्यहरु, सोमबार दमक वडा नं १, ७ र १० का शेयर सदस्यहरुलाई दमकस्थित कार्यालयमा आमन्त्रण गरिएको संस्थाका प्रवन्धक कमलकुमार घिमिरेले बताए । प्रवन्धक घिमिरेका अनुसार २६ गते शिबसताक्षी नगरपालिकाको धरमपुर, डुडामारी, दुधे र झिलझिलेको लागि झिलझिलेस्थित प्रस्तावित सेवा कार्यालय भवनमा आमन्त्रण गरिएको छ ।

यता, केर्खा, पाडाजुङ, सितापुरी, लखनपुरका शेयर सदस्यका लागि दमकस्थित संस्थाको कार्यालय भवनमा, दमक वडा नं ३ बेलडाँगीका शेयर सदस्यका लागि बेलडाँगीस्थित शिबालय मन्दिरमा, गौरदहका शेयर सदस्यहरुलाई गौरादहस्थित धोविनी चौकमा रहेको कृष्टिना होटल र छुटेका अन्य क्षेत्रका शेयर सदस्यहरुका लागि दमकस्थित कार्यालय भवनमा प्रतिवेदन वितरण गरिने प्रवन्धक घिमिरेले जानकारी दिए ।

प्रतिवेदनमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी, पहिरो, आगलागी, भुकम्प लगायत उपचारमा आर्थिक समस्या भएका शेयर सदस्यहरुलाई सहयोग, रक्तदान तथा स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरु, बिशेष पुजा, उत्सव र महोसत्वसँगै महामारीको रुपमा फैलिएको कोभिडमा नगरपालिकाको कोषमा सहयोग जुटाएको बारेमा उल्लेख गरिएको छ ।

त्यस्तै, संस्थाले कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यक्षेत्रमा अझै बढी सक्रिय बनाउने उदेश्यले सञ्चालन गरेको कर्मचारीतर्फ पुरस्कार तथा सम्मानमा स्कोर अफ द इयरबाट कमल गतौला, स्कोर अफ द स्वर्णलक्ष्मी फस्ट रनर अफबाट बिनोद घिमिरे, स्कोर अफ दि स्वर्णलक्ष्मी सेकेण्ड रनर अफबाट गणेश भट्टराई पुरस्कृत हुने भएका छन् ।

त्यस्तै, उत्कष्ट कर्मचारी, हिरो अफ दि स्वर्णलक्ष्मी र सहकारी सञ्चारकर्मी सम्मान तथा पुरस्कारतर्फ यसवर्ष कोभिडको कारण छनौट प्रतिवेदनमा उल्लेख गरिएको छैन् । यता, स्वर्णलक्ष्मी सुनिश्चित बाल भविश्य सम्मान, उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरिने प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले सहकारीताका मुल्य मान्यता, सिद्धान्तलाई आत्मसाथ गर्दै आफ्ना सदस्यहरुलाई गुणस्तरीय, भरपर्दो, बिस्वसनिय ,वितिय तथा गैरवित्तिय सेवा प्रवाह गर्दै आएको सहकारीले जनाएको छ ।

सहकारीले आर्थीक वर्ष २०७८।०७९ मा सदस्य संख्या १० हजार ,बचत निक्षेप ९५ करोड, ऋण लगानी १ अर्व १० करोड ,शेयर पुँजी १४ करोड र कुल कारोवार १ अर्व ३५ करोड पुर्याउने लक्ष्य लिएको बार्षिक प्रतिबेदन जनाइएको छ ।

सहकारीले अहिले शेयरमा लाभाशं वितरण, संरक्षित पुँजी कोष ३.५ प्रतिशतसम्म फिर्ता, बचतमा उच्चतम् ब्याजदर, ऋण लगानीमा सरलीकरण, प्राँकृतिक प्रकोपमा राहतकोष १० हजार सहयोग, सदस्यहरुको मत्यु भएमा १५ हजारसम्म सहयोग, दीर्घरोगीलाई १० हजारसम्म सहयोग, सदस्य सुत्केरी भएका २ पटकसम्म रु ३ हजार प्रदान, सदस्यलाई न्युन ब्याजदरमा लगानी, सदस्यलाई सम्मान तथा पुरस्कार, दीर्घकालिन पेन्सन कार्यक्रममार्फत मासिक पेन्सन प्राप्त हुने लगातका सेवा सुविधा प्रदान गर्दै आएको अध्यक्ष न्यौपानेले बताए ।

सहकारीको आर्थिक वर्ष २०७६।०७७ मा शेयर सदस्य ४,७६६ रहेका छन् । चुक्ता शेयर पुँजी ७,४४,२०,९०० कोष हिसाब ८८,४,६८,५७८।७४ कुल बचत ५,२३,२९,१६८२।३१ कुल ऋण लगानी ६५, ८४,१०,५०८।५० यस्तै, संस्थाको खुद बचत २,३०, ५९,२८६।५२ गरी कुल कारोवार ७,९०१,२८,३७३।८४ रहेको अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आज सुरु ११औं बार्षिक साधारणसभामा संस्थाका सचिव बुद्धिसागर बराल, कोषाध्यक्ष चन्द्रमाया निरौला अधिकारी, सदस्यहरु प्रेमकुमारी रिजाल, तुलसीराम प्रसाई, पुरुषोत्तम ढकाल, संजीव रिमाल लगायत लेखा तथा सुपरिवेक्षण समितिका सदस्यहरुको उपस्थिति रहेको संस्थाका सहायक व्यवस्थापक भगिरथ (ध्रुब) अधिकारीले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *