भद्रपुर, २४ असोज–झापाको देउनियामा चेक जाँचको क्रममा प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

शसस्त्र प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भद्रपुर न।पा। १० बस्ने वर्ष १९ का आजम दाहाललाई पक्राउ परेका हुन् ।

उनको साथबाट लागूऔषध डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल बरामद प्रहरीले जनाएको छ ।

उनलाई थप अनुशन्धानका लागि प्रहरी चौकी पृथ्वीनगरमा राखिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *