काठमाडौं, २४ असोज–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमित संख्या बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको बताएको छ।

डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको भन्दै यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने मन्त्रालयले जनाएको हो।

‘संक्रमितहरूको संख्या धेरै बढेको छ। अस्पतालहरू, आइसोलेसन सेन्टरहरू झण्डै भरिएका छन्। खचाखच बिरामी बढेका छन्’, शनिबार नियमित प्रेस ब्रिफिङमा डा.जागेश्वर गौतमले भने, ‘यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्‍याउँदै छ भन्ने आकलन गर्न सकिन्छ।’

त्यसैले सबै स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित रहन मन्त्रालयले आग्रह गरेको छ।

पछिल्लो २४ घण्टामामात्र ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् भने जम्मा १२२९ जना निको भएर घर फर्किएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *