दमक, २९ असोज–दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले अपाङगता भएका दृष्ट्रिविहीनहरुलाई सहयता सामाग्रीहरु प्रदान गरेको छ ।
२७औं स्थापना दिवसका अवसर पारेर आज (बिहिबार) विहान दमक–८ सेतुमारी रोडस्थित संस्थाको आफनै सभाहलमा संक्षिप्त कार्यक्रम गरि संस्थाले दृष्ट्रिविहीनहरुलाई सहयता सामाग्रीहरु प्रदान गरेको हो ।
सो कार्यक्रममा नेपाल आदिवासी जनजाति नेत्रहिन संघ झापाका संस्थागत टोलीलाई नगदसहित सेतो छडी, बैशाखी लगायतका आवश्यकीय सहयता सामाग्रीहरु प्रदान गरिएको राष्ट्रिय बहुमुखी सहकारी संस्थाका सचिव दिपेनवाला राईले जानकारी दिए ।
सचिव राईका अनुसार वितरण गरिएको सहयता सामाग्रीहरुसहित नगद रु २५ हजारको प्रदान गरिएको हो ।
ती सहयता सामाग्रीहरु संस्थाका अध्यक्ष लछुदास (एलडी) राई, प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोइराला, संस्थाकी सल्लाहकार सुमित्रा वाङदेल लगायतले नेत्रहीन संघका जिल्ला अध्यक्ष भोजकुमार तामाङलाई हस्तान्तरण गरेका थिए ।
संस्था स्थापना दिवसका अवसर पारेर हरेक बर्ष सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग पुरयाँउदै आएको छ ।
सहयता सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि कोइराला, सल्लाहकारहरु सुमित्रा वाङदेल, कृष्ण गोले, नेत्रहीन संघका जिल्ला अध्यक्ष भोजकुमार तामाङ लगायतले बोलेका थिए भने सञ्चालन संस्थाका सचिव दिपेनवाला राईले गरेका थिए ।

