काठमाडौं, २५ असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६७ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख ५४ हजार ३९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ६४ हजार ८३८ संक्रमितको मृत्यु भइसकेको छ ।
