काठमाडौं, २५ असोज–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ६४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ६४ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५७५ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख ५४ हजार ३९५ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *