काठमाडौं, २५ असोज–मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा गएराति दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ।
मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४० वर्षकी महिला छन्। उनीहरु दुवै जना सुनसरी जिल्लाका रहेका अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए।
दाहालका अनुसार ७१ वर्षका वृद्ध मुटु र फोक्सोका दीर्घरोगी थिए भने महिला सुगर रोगबाट ग्रसित थिइन्।
महिलाको असोज २० गते र वृद्धको २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।
