काठमाडौं, २५ असोज–सरकार र डा गोविन्द केसीबीच ८ बुँदे सहमति भएसँगै आइतबार ९आज० उहाँले अनशन तोड्नु भएको छ । डा केसीले आफ्नो विगत २७ दिन लामो आमरण अनशन तोड्नु भएको हो ।
डा केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा एक सहमति पत्रमा हस्ताक्षर गर्नु भएपछि उहाँले आमरण अनशन तोड्ने वातावरण बनेको थियो ।
चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा केसीसँग २०७५ साउन १० लाई पनि राख्ने लगायतका विषयमा सहमति बनेको सहमति पत्रमा उल्लेख छ ।
सरकार र डा केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने र अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमति भएको छ ।
यस्तै, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारीको नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न ३ साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमतिसमेत बनेको छ ।
