अनिलदेब राई/धरमपुर, २५ असोज–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश -१ कमिटि सदस्य एबम् झापा क्षेत्र न ४ का सह-इन्चार्ज समेत रहनुभएका प्रतिनिधिसभा सदस्य माननीय लालप्रसाद (एलपी) साँवाले आफ्नो निर्वाचन क्षेत्रवासीका समस्या र गुनासाहरु दोहोरिन नदिनका लागि महत्वपूर्ण योजनाहरु ल्याइरहेको बताउनुभएको छ ।

आइतबार, झापाको शिबसताक्षी नगरपालिकाको वडाँ नं २ धरमपुरस्थित मंगलबारेमा नेकपा वडा कमिटिले आयोजना गरेको ‘कार्यकर्तासँग जनप्रतिनिधि भेटघाट’ कार्यक्रम कार्यक्रममा बोल्दै पार्टी नेता एबम् माननीय साँवाले यस्तो कुरा बताउनुभएको हो ।

वहाँले निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टी कमिटिसँग समन्वय तथा सहकार्यमा जनताका समस्या र गुनासा दोहोरिन नदिन विकासे योजनाहरु बनाउन पार्टी नगर, वडा कमिटि र टोल कमिटिलाई आग्ह गर्नुभएको छ ।

सांसद साँवाले दुई तिहाईको नजिकमा गठन भएको संघीय सरकारले ल्याइरहेका योजना र बजेटले जनताका समस्याहरु सम्बोधन गर्न प्रयासरत रहेको बताउनुभयो । वहाँले संघीय सरकारको प्रयाससँगै प्रदेश र स्थानीय सरकारको साथ र आवश्यकता अनुसार कार्य सम्पादनमा लाग्दै विकासका योजना ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश १ कमिटिका सदस्य एबम् झापा क्षेत्र नंं ४ (१) का सांसद झलकसिंह दर्लामी मगरले जनताका समस्या र गुनासालाई सम्बोधन गर्न आफ्नो तर्फबाट प्रदेश सरकारमा पहल भइरहेको बताउनु भएको छ । वहाँले प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण योजना ल्याएको बताउनुभएको छ ।

सांसद दर्लामीले निर्वाचन क्षेत्रमा भइरहेका सवै खाले योजनाहरु पार्टी कमिटिबीचमा छनौट भएर आएको बताउनुभयो । वहाँले निर्वाचनमा पार्टी कार्यकर्ताको अथक योगदानले बिजयी भएको र कार्यकर्ताको योगदानलाई सम्मानपुर्वक ग्रहण गरिरहेको बताउनुभयो ।

वडा कमिटि अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी नगर कमिटिका नेता एबम् वडा इन्चार्ज दिपेश राईले स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तैं, कार्यक्रममा नेकपा झापा सदस्य एबम् नगरकी उपप्रमुख भोजकुमारी नेपाल, क्षेत्र नं ४ का सचिव रामबहादुर राई, पार्टी क्षेत्रिय सदस्य एबम् शिबसताक्षीका नेता रोशन थोप्रा, नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर कार्यलय सदस्य प्रेम याम्फु राई, वडा सह–इन्चार्ज कुमार कोइराला, नगर सदस्य राजु दर्नाल, भुवन राई, प्रेम दुमी राई, तत्कालिन धरमपुर गाविसका अध्यक्ष एबम् नगर कृषि समितिका अध्यक्ष बलजित राई, कमल नेपाल, भीम लिवाङ, शान्तिराम न्यौपाने, ज्ञानु निङ्लेकु, ताराप्रसाद गौतम, दिलिप बुडाथोकी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाका पाँच वटा टोल विकासका तर्फबाट दुर्गा अधिकारी, कृष्ण प्रसाद गौतम, प्रेम चिमोरिया, मकर नेम्बाङ र दिनेश क्षेत्रीले आ–आफ्ना टोलका समस्या र गुनासाहरु राख्नुभएको थियो ।

सोही अवसरमा वडा कमिटि तथा नगर कमिटि सदस्य राजु दर्नालको पहलमा राप्रपा परित्याग गर्दै टेक बहादुर पौडेल, सञ्जय ढुँगाना र देबराज थापा नेकपामा प्रवेश गराएका थिए । उनीहरुलाई सांसद साँवा, दर्लामी, उपप्रमुख नेपाल, नगर अध्यक्ष भट्टराई, नगर कार्यालय सदस्य याम्फु, वडा इन्चार्ज राई लगायतले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

यता, कार्यक्रममा नगर प्रमुख, वडा अध्यक्ष लगायत वडा सदस्यहरुले सहभागिता जनाएनन् । वडा कमिटिले आयोजना गरेको कार्यकर्तासँग जनप्रतिनिधि कार्यक्रममा सहभागिता नभएको भन्दै सहभागि नेता तथा कार्यकर्ताहरुले व्यापक दुखेसो पोखेका छन् ।

वडाका जनप्रतिनिधिहरु पार्टी भन्दा माथि नरहेको बक्ताहरुले बताएका छन् । सहभागि बक्ताहरुले जनताका समस्या र गुनासाहरु सुन्न नचाहाने जनप्रतिनिधिलाई पार्टीले सोधपुछ गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *