दमक, २५ असोज–झापाको शिबसताक्षी नगरपालिका वडा नं ११ दूधेमा आजदेखी रिभव रेकडिङ्ग स्टुडियो सञ्चालनमा आएको छ । लामो समय डिके साउण्ड सर्भिसबाट परिचित स्थानीय डिके लामाले निर्माण गर्नु भएको स्टुडियोको आइतबार उद्घाटन गरिएको हो ।

नेपाल मानव धर्म सेवा समिति दमक होम्सा आश्रमकी इन्चार्ज सन्त महात्मा मनोहरा बाइजीले उक्त स्टुडियोको उद्घाटन गरेकी हुन् ।

उद्घाटनका क्रममा स्थानीय गायक कर्ण लामाले भजन रेर्कड गरेका छन् । डिके लामाको शब्द संगीत भएको भजन रिभव रेकडिङ्ग स्टुडियोका रेकडिक्स तथा एरेन्जर रोनेट लामाले सहजीकरण गरेका छन् ।

लामो समय साउण्ड सर्भिसमा समय विताउँदा संगालेको अनुभवबाट शिवसताक्षी कै गहनाको रुपमा रेकिडङ्ग स्टुडियो स्थापना गरेको स्टुडियोका प्रोपराइटर डिके लामाले बताए । उनले दमक विर्तामोडमा स्टुडियो भए पनि ग्रामिण क्षेत्रमा र नगरमै पहिलो स्टुडियो स्थापना गरी नगरकै गरिमा उच्च राख्न यसले भूमिका खेल्ने जानकारी दिए ।

स्टुडियोमा गीत, भजन र रेर्कड, एरेन्ज, विभिन्न विज्ञपान तथा रेकडिङ्ग सम्वन्धी सम्पूर्ण काम गरिने रेकडिक्स तथा एरेन्जर रोनेट लामाले जानकारी दिए । स्टुडियोमा डिके लामाको संगीतमा गजल गीत र दिपंकर सेनेहाङ्गको स्वरमा रेकडिङ्गकोे तयारीमा रहेको छ ।

कार्यक्रममा दमक बहुमुखी क्याम्पसका प्राध्यापक डिल्ली भट्टराई, समाजसेवी तथा राजनीतिज्ञ असोक सुब्बा, मानव धर्म सेवा समितिका मेची अञ्चल सचिव इन्द्र प्रधानलगायतको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *