बिर्तामोड, २५ असोज–झापामा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार १० स्थानीय तहका १९ महिला र ३६ पुरुषमा कोरोना पुष्टि भएको हो ।
मेचीनगरमा ५, भद्रपुरमा ३, बिर्तामोडमा १५, दमकमा २५, बाह्रदशीमा १, झापा गापामा १, शिवसताक्षीमा १, गौरादहमा १, कमल २ र कनकाईमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
