काठमाडौं, २६ असोज–अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख १२ हजार २२९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ९१८ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म ७५ लाख ८३ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ५७ हजार ८२८ जनामा कोरोना देखिएको छ ।

पछिल्ला केही दिन यता अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

अमेरिका विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित देश हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *