काठमाडौं, २६ असोज–विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै दोस्रो बरियताका रफायल नाडालले २० औं पटक ग्राण्डस्लाम जितेका छन्। उनले रोजर फेडररको २० ग्राण्डस्लासँग बराबरी गरे।

गएराति सम्पन्न फ्रेन्च ओपनको पुरुष एकलमा नोभाक जोकोभिचलाई पराजित गर्दै उपाधि हात पारे नाडालले जोकोभिचलाई सोझो सेटमा ६–०, ६–२ र ७–५ ले पराजित गर्दै १३औ पटक फ्रेन्च ओपनको उपाधि जिते।

आफ्नो १८औ ग्राण्ड स्लामको उपाधि जित्न फाइनलमा उत्रिएका जोकोभिच २ घण्टा ४१ मिनेटको संघर्षपछि पराजित भएका थिए।​

नाडालले भने फ्रेन्च ओपनको १४औ फाइनल खेल्दै १३औ उपाधि जितेका हुन्।​ नाडालले १३ फ्रेन्च ओपनसहित चार युएस ओपन, दुई विम्बल्डन र एक अस्ट्रेलियन ओपन गरि कुल २० ग्राण्ड स्लाम जितेका हुन्।

अहिलेसम्म २० ग्राण्ड स्लाम जितेका फेडररले ८ विम्बल्डन, ६ अस्ट्रेलियन ओपन, ५ युएसओपन र एक फ्रेन्च ओपन जितेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *