केर्खा, २६ असोज–नजिकिदै गरेको चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना न्युनिकरण र यात्रुको सुविधाकालागी सोमवार एक कार्यक्रमकाबीच केर्खामा यात्रु सहायता कक्ष स्थापना गरीएको छ ।
चाडपर्व नजिकिदै जाँदा सडकमा भिडभाड बड्ने तथा सवारी दुर्घटनाका कारण हुन सक्ने धनजनको क्षतीलाई न्युनीकरण गर्नकालागी प्रहरी चौकी केर्खा र ट्राफिक प्रहरी पोष्ट केर्खाको पहलमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यदी कुनै यात्रुलाई यातायत व्यावसायीबाट दुव्यवार भएमा वा सरकारले तोकेको भाडा दर भन्दा बढी रकम लिएमा तुरुन्तै ट्राफिक प्रहरी लाई खवर गरे यातायात व्यवसायीलाई कार्वाही हुने ट्राफिक प्रहरी पोष्ट केर्खाका ईन्चार्ज लेखनाथ यादवले बताए ।
कार्यक्रममा स्थानिय टोल विकास सस्थाका प्रतिनिधी, शिक्षक, बजार व्यावस्थान समितिका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
