दमक, २७ असोज–झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् ।
गृहको आज बिर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् कञ्चनजंघा एफएममा आवद्ध पत्रकार हुन् ।
यसअघि, उनी नारी सञ्चार गृहको उपाध्यक्ष थिइन् । समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् ।
संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा रहेकी थिइन् ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपीन राई, प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतको उपस्थिति रहेको थियो ।
