दमक, २७ असोज–‘आधा सत्य’ र ‘प्रेमिल’ नामक उपन्यास (पुस्तक)
लेखेर चर्चामा आएकी आख्यानकार एबम् कवियत्री भगवती ढुंगेल अव म्यूजिक भिडियो मार्फत कलाकारितमा प्रवेश गरेकी छिन् । ढुङ्गेलले युट्युव मार्फत ‘न पिउँ त’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

राज सागरको स्वरमा सजिएको उक्त गीत प्रेम सम्बन्धलाई लिएर ढुंगेलले शब्द रचना गरेकी हुन् ।

उक्त गीतमा राज सागरले संगीत भरेका छन् भने मोडलका रुपमा भगवती ढुंगेल स्वयम् देखिएकी छिन् । त्यस्तै, म्यूजिक भिडियोमा मुख्य पात्रका रुपमा मोडल जनक खड्काले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोमा भुवन मेचेको पनि अभिनय देख्न सकिन्छ । कृष्ण तामाङको निर्देशनमा रहेको उक्त गीत नयाँ पुस्ताले रुचाएका छन् । प्रेम अनि धोकालाई शब्दमा उतारेकी भगवतीले आफूलाई मोडलका रुपमा पनि स्थापित गराएकी छिन् ।

भगवतीका तीनवटा गीत बजारमा आइसकेका छन् । जसमा ‘मधुशाला बन्यो’ र ‘हाँसौ कसरी’ यसअघि नै सार्वजनिक भइसकेको छ । ती गीतले पनि निक्कै चर्चा पाएको छ ।

उपन्यासकार, गीतकार तथा कलाकार भगवती ढुङ्गेलका निक्कै कृतिहरु बजारमा पाइन्छन् । केही पढ्न र केही युट्युब मार्फत हेर्न सकिन्छ । उनले विस ०७५ सालमा आफ्नो दुई उपन्यास ‘आधा सत्य’ र ‘प्रेमिल’ बजारमा ल्याइन् । पाठकले उनका दुवै कृति मन पराए ।

विस २०७६ सालमा उपन्यासकार, गायक, गीतकार तथा कलाकार मातृकाप्रसाद संग्रौलाको पहिलो र दोस्रो म्यूजिक भिडियोबाट आफ्नो अभिनय कला प्रस्तुत गर्दै अभिनयमा पनि आफूलाई अब्बल सावित गराइन् ।

साहित्यकार भगवती कथा, कविता, गजल, गीत लेख्न मन पराउँछिन् । उनलाई विषेशतः उपन्यासमा कलम चलाउन बढी मन लाग्ने गरेको बताउँछिन् । उनले केही कृति चाँडै सार्वजनिक गर्ने पनि बताएकी छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *