काठमाडौं, २७ असोज–‘राष्ट्रिय जनगणना २०७८’को जनगणनामा किरात राई यायोख्खाले जातीको महलमा जातीमा ‘राई’ र धर्ममा ‘किरात’ लेखाउन अपिल गरेको छ ।
यायोख्खाले मंगलबार एक कार्यक्रम जातिको प्रश्नमा राई र धर्मको प्रश्नमा किरात लेख्नेरलेखाउन अपिल गर्दे राष्ट्रिय जनगणना २०७८’ अभियान सुरुवात गरेको हो ।
प्रथम किराती राजा यलम्बरको तस्बिर सार्वजनिक अभियानको सुरुवात यायोख्खाले गर्दे गरेको छ । अभियानबारे कार्यक्रममा अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई लगायतले पत्रकार सम्मेलन गरी जानकारी गराए ।
यायोक्खाले ‘जात / जाति के हो ?’ भन्ने प्रश्मा राई लेख्ने, ‘पुर्खाको भाषा कुन हो ?’ भन्ने प्रश्नमा वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ/बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तावा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ, फाङदुवाली, मुगारमुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङखिमरलिङखिम, देवास मध्ये एक लेख्न अपिल गरेको छ ।
यसैगरी, ‘मातृभाषा कुन हो ?’ भन्ने प्रश्नमा पनि वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङरबाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तावा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ, फाङदुवाली, मुगारमुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङखिमरलिङखिम, देवास मध्ये एक लेख्न अपिल गरिएको छ ।
‘दोस्रो भाषा कुन हो ?’ भन्ने प्रश्नमा नजिकको कुनै एक राई वा किराती भाषा लेख्ने र ‘धर्म कुन धर्म मान्नुहुन्छ ?’ भन्ने प्रश्नमा किरात लेख्न यायोक्खाको अपिल छ ।
यायोक्खा महासचिव राईले राज्यलाई सही सूचना दिनुपर्ने बताउँदै यायोक्खा मातहतका विभिन्न भातृ तथा भाषिक संगठनहरुको समन्वयमा गाउँगाउँमा जनगणना सम्बन्धी अभियान चलाइने बताए ।
